स्वर्गीय आनन्दको श्वास लिनुहोस् (Breathe in the Happiness of Heaven)
article
म अविश्वासी परिवारमा हुर्किएँ र किशोरावस्थामा पहिलोपटक मैले ख्रीष्टको बारेमा सुनेँ। सुरुमा, बाइबलका कथाहरू मलाई मन पर्ने ग्रीक पौराणिक कथा र कमिकहरू जत्तिकै काल्पनिक लाग्थे। तर जब मैले सुसमाचारका पुस्तकहरू पढेँ, तबयेशू वास्तविक हुनुहुन्छ भन्ने विश्वास गरेँ, र त्यसपछि सुपरहिरोहरू पनि उहाँको तुलनामा केवल छायाजस्ता वा फिक्का लाग्न थाले। जब येशूले मलाई उद्धार गर्नुभयो, मैले यस्तो गहिरो आनन्द अनुभव गरेँ, जुन मैले यसअघि कहिल्यै जानेको थिइनँ, र आजसम्म पनि त्यो आनन्दबाट बाहिर निस्कन सकेको छैनँ। मेरो हृदयको आनन्द नयाँ गरी जन्मनु, क्षमा पाउनु र परमेश्वरको आत्मा मभित्र वास गर्नुभएको परिणाम थियो।“धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, रजसका पाप ढाकिएका छन्।” (भजनसंग्रह ३२:१, NNRV)